Odapalika - The Fourth Estate - चौथो अंग
रोशी गाउँपालिकामा आगलागी, १५ घर जले

काठमाडौँ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ४ सानोपोटा गाउँमा आगलागी हुँदा १५ घर जलेर नष्ट भएका छन् । 

सामुदायिक वनबाट फैलिएको आगोले १५ वटा घर, १० वटा गोठ र ८ वटा शौचालय जलेको रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार महादेवटार सामुदायिक वनमा लागेको आगो सानोपोटा गाउँमा फैलिएको हो ।

नेपाली सेना, स्थानीय बासिन्दा र नेपाल प्रहरीको टोलीले आगो निभाउने प्रयास गरिरहेको छ । वनको आगो भने अझै निभाउन नसकिएको स्थानीयले बताएका छन् ।
 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  ०७:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update