Odapalika - The Fourth Estate - चौथो अंग
आज कहाँ कहाँ हुन्छ भारी वर्षा ?

काठमाडाैँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको जनाएकाे छ । 

विभिन्न क्षेत्रमा भारी वर्षाको समेत सम्भावना रहेको जनाउँदै विभागले सर्तकता अपनाउन आग्रह गरेको छ । बिहानै देखि कोशी, बागमती र गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक÷दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको पनि विभागले जनाएको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा कोशी, मधेस र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

विभागका अनुसार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको समेत सम्भावना रहेकाले नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षयजस्ता प्रकोप हुनसक्ने विभागको भनाइ छ । 

त्यसैले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भन्दै विभागले सतर्क रहन आग्रह गरेको छ  
 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  ०७:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update