Odapalika - The Fourth Estate - चौथो अंग
एक सातापछि खुल्यो पोखरा विमानस्थल, यी कम्पनीले गर्दैछन् उडान

काठमाडौँ । मौसममा सुधार आएसँगै पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुचारु भएको छ । विगत एकसातादेखि कम भिजिविलिटीका कारण उडानहरु निकै प्रभावित भएको थियो । 

२५ अप्रिलदेखि शुरु भएको अवरुद्ध उडान एकसातापछि आज बिहानदेखि सुचारु भएको विमानस्थल कार्यालयले जनाएको छ । 

शुक्रबार, शनिबार र आइतबार आंशिक उडान भए पनि सोमबार र मंगलबार पोखराका दुवै विमानस्थल ठप्प भएका थिए । तुँवालोका कारण उडान नहुँदा तारा र समिटका दुईटा जहाज पोखराको आन्तरिक विमानस्थलमै रोकिएका थिए ।

पोखरामा उडानअनुकूल मौसममा बुद्धले दैनिक २०, यतिले १० र श्रीले ३ उडान काठमाडौंबाट गर्छन् ।

बुद्ध एयरको बिहीबारका लागि काठमाडौदेखि पोखराको उडान १७ वटा रहेको जनाएको छ । साथै पोखराबाट नेपालगञ्ज, भैरहवा तथा भरतपुरको पनि सिधा उडान रहेको छ ।

२५ अप्रिलका दिन दिउँसो ४ बजे अनुकुल भिजिविलिटी भएपछि बुद्धले ७ उडान भरेको थियो । अप्रिल २६ र २७ का दिन एउटा पनि उडान भएनन् । २८ अप्रिलका दिन दिउँसो साढे १ बजेदेखि मौसममा सुधार भएपछि ६ उडान भएको थियो । त्यसैगरि २९ र ३० अप्रिलका दिन पनि एउटै उडान भएनन् । 

मे १ का दिन दिउँसो १ बजेदेखि मौसममा सुधार भएपछि ५ उडान भएको थियो ।

उडान नहुँदा नेपालीका साथै विदेशी यात्रुहरुलाई निकै सकस परेको थियो । आजदेखि उडान सुचारु हुँदा पोखराको चहलपहल पुनः बढ्ने बुद्ध एयरका बजार निर्देशक रुपेश जोशी बताउँछन् ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update