Odapalika - The Fourth Estate - चौथो अंग
मन्त्रिपरिषद बैठक बस्दै, बजेट अधिवेशन आह्वान गर्ने

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज दिउँसो बस्दैछ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो ४ बजे बस्ने गरी बोलाएको बैठकमा सरकारले संघीय संसदको हिउँदे अधिवेशन आह्वानको सिफारिस गर्ने तयारी गरेको छ । 

गत चैत ३० मा हिउँदे अधिवेशन अन्त्य गरेको सरकारले बजेट अधिवेशन बोलाउनका लागि सिफारिस गर्न आँटेको हो । बजेट अधिवेशन वैशाख २५ का लागि बोलाउने तयारी सरकारले गरेको छ । 

जेठ १५ मा आगामी वर्षको बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था अनुसार सरकारले त्यसको तयारीका लागि बजेट अधिकार बोलाउने तयारी गरेको हो । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १०:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update