Odapalika - The Fourth Estate - चौथो अंग
बुटवलमा अत्यधिक गर्मी, बन्द भए विद्यालय

काठमाडौँ । केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका विद्यालयमा विदा दिएको छ । वार्षिक कार्यतालिकामा रहेको विदाबाट कटौती हुने गरी बिहीबार र शुक्रबार नगरपालिकाले विद्यालयहरुमा विदा दिने निर्णय गरेको हो । 

गर्मी र तातो हावाका कारण विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने देखिएको भन्दै दुई दिन विदा दिन निर्णय भएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले विज्ञप्तिमार्फत् जनाएका छन् । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update