Odapalika - The Fourth Estate - चौथो अंग
जनप्रतिनिधि र कर्मचारीले दिए आगलागीपीडितलाई एक दिनको तलब
फाइल फाेटाे

काठमाडौँ । आगलागीपीडितलाई जनप्रतिनिधि  कर्मचारीहरुले एक दिन बराबरको तलब दिएका छन् । सप्तरीको बलान–बिहुल गाउँपालिकाले चिम्टीका आगलागीपीडितलाई जनप्रतिनिधि र कर्मचारीले एक दिनको तलबबराबरको रकम सहयोग गर्ने निर्णय गरेको हो । 

पालिकामा रहेका जनप्रतिनिधि र कर्मचारी गरी झन्डै दुई सयले एक दिन बराबरको तलब दिने निर्णय भएको पालिकाका अध्यक्ष खेमचन्द्र यादवले जानकारी दिए । 

उनले मानवीय संकटमा मलम लगाउन एक दिनको तलब दिने निर्णय गरेको बताए ।  
 

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १४:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update