Odapalika - The Fourth Estate - चौथो अंग
युरोपको सपिङ अनुभव अब नेपालमै, सेल्सबेरी टावरबाट काठमाडौँको ३६० डिग्री भ्यू 

काठमाडौं । अब काठमाडौंमा नै बसेर युरोप लगायतका देशमा गरिने सपिङको अनुभव लिन पाइने भएको छ । विदेशमा गएर सपिङ गर्ने सपिङका पारखीहरुलाई सेल्सबेरी डिपार्टमेन्टल स्टोरले उक्त अनुभव काठमाडौंमा नै दिलाउन लागेको हो । 

पछिल्लो समय बजार विस्तारमा आक्रामक रुपमा लागेको सेल्सबेरीले काठमाडौंको महाराजगञ्जमा करिब १ अर्ब रुपैयाँको लागतमा निर्माण गरेको सुपरस्टोर सञ्चालनमा आएपछि उक्त अनुभव लिन सकिने भएको हो ।

कम्पनीले शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरी महाराजगञ्जमा निर्माण गरिएको ‘सेल्सवेरी टावर’को उद्घाटन गर्दैछ । सेल्सबेरी ग्रुपका प्रवन्ध निर्देशक सुशील प्रधानाङ्ग नेपालको सपिङ कल्चर र अनुभवलाई नयाँ उचाइमा लैजानका लागि विदेशी डिजाइनमा सपिङ सेन्टर निर्माण गरेको बताउँछन् ।

‘हामीले विदेशी डिपार्टमेन्टल स्टोर सरह महाराजगन्जमा नयाँ भवनबाट सेवा प्रवाह गर्न लागेका छाँै । महाराजगन्जमा रहेको पुरानो स्टोर्समै कम्पनीले नयाँ भवन निर्माण गरेको हो । हाम्रो स्टोर सञ्चालनमा आएपछि युरोप गएजस्तो अनुभव हामीले दिन्छौँ । हामीले विदेशी डिजाइन अनुसार नै भवन निर्माण गरेका हौँ । हाम्रो डिजाइन र लाइटिङ हेर्दा नै विदेश गएजस्तो अनुभव आउँछ’, ।  प्रधानाङ्गले वडापालिकासँग भने ।

उनका अनुसार करिब १ अर्ब लगानीमा १ लाख २५ हजार वर्गफिटको सेल्सबेरीको सुपरस्टोर खोल्न लागिएको हो । सो स्टोरमा ४ तले बेसमेन्ट पार्किङ र ओपन पार्किङ हुनेछ । 

विगत ३० बर्षदेखि चेन डिपार्टमेण्टल स्टोरका रुपमा संचालित सेलवेज ग्रुप अन्र्तगतको सेलवेज क्यास एण्ड क्यारी विगत १० वर्षदेखि सेल्सवेरी ब्राण्डमा संचालित छ । सेल्सबेरीले हाल ३२ वटा शाखा मार्फत आफ्नो व्यापार, व्यवसाय संचालन गर्दै आइरहेको छ । 

सन २०२६ सम्म १०० वटा शाखा विस्तार गरी २ हजार जनशक्तिलाई प्रत्यक्ष रोजगारी सृजना गर्ने लक्ष्य सेल्सवेरीको छ । कम्पनीले व्यवसायसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत समय समयमा विभिन्न क्रियाकलापहरु पनि गर्दै आइरेको छ । देशले समय समयमा भोग्दै आएको विषम परिस्थितिमा आफ्नो सहयोग मार्फत राज्यसँग हातेमालो गर्दै आएको छ । 

सेल्सबेरीले बैशाख २१ देखि काठमाडौँको महाराजगञ्जमा अन्तराष्ट्रियस्तरको अत्याधुनिक भवनमा भव्य सुरुवात गर्न लागेको छ । उक्त अत्याधुनिक भवन मार्फत ग्राहकवर्गहरुको लागि अन्तराष्ट्रिय स्तरको सेवा प्रदान गरि एक बेग्लै खालको किनमेलको आनन्द दिने विश्वास कम्पनीको छ ।

उक्त अत्याधुनिक भवनमा बाल मनोरन्जनका सुविधा, स्पा, ज्याकुजी, स्वीमिङ पुल तथा विविध स्वदेशी, विदेशी खानाहरुको सेवा, सुविधासहितको विश्व स्तरीय रेष्टुरेण्ट सहित स्वदेशी एवम अन्तराष्ट्रिय गुणस्तरीय सामानहरु उचित मुल्यमा उपलब्ध गराउने कम्पनीको भनाइ छ । 

उक्त अत्याधुनिक भवनमा ४ तल्ला बेसमेन्ट पार्किङ रहेकोछ । भुई तल्लादेखि छैठौं तल्लासम्म डिपार्टमेण्टल स्टोर संचालन हुनेछ । सात र आठ तल्लामा विभिन्न कर्पोरेट अफिसहरु रहने छन् । नवौं, दसौं तथा एघारौ तल्लामा जिम, फिटनेस सेन्टर स्पा तथा स्वदेशी एवम् विदेशी खानाहरुको सेवा, सुविधा सहितको रेष्टुरेण्ट एवम् बार संचालन हुनेछ । बाह्रौ तल्लामा स्वीमिङ पुल, ज्याकुजी, बियर गार्डेन, कफि लाउन्ज तथा इभेन्ट सेन्टर संचालन हुनेछ । 

उक्त भवनको तेह्रौं तल्लामा भ्यू टावर रहेको र त्यहाँबाट काठमाडौं उपत्यका ३६० डिग्रिमा दृस्यावलोकन गर्न सकिनेछ । उक्त अत्याधुनिक भवनमा सेल्सवेरी ब्राण्ड मार्फत चेन डिपार्टमेण्टल स्टोरको रुपमा संचालनमा आउंदा स्वदेशी तथा विदेशी पर्यटकहरुको लागि समेत उत्कृष्ट शपिंग डेस्टीनेशन हुने विश्वास कम्पनीको छ ।

सेल्सवेरीले आफ्नो अर्काे शाखा २१ बैशाखदेखि काठमाडौँको कालिमाटीमा रहेको कालिमाटी ट्रेड सेन्टरमा संचालन गर्न लागेको छ । 

‘महाराजगञ्ज, काठमाडौंको सेल्सवेरी टावर तथा कालिमाटी ट्रेड सेन्टरको भव्य सुरुवातको सुखद उपलक्ष्यमा यस कम्पनीले ग्राहक महानुभावहरुको लागि लक्की ड्र स्किममार्फत बम्पर पुरस्कारको रुपमा एमजी कोमेट इभी पेस ईलेक्ट्रिक कार तथा प्रथम पुरस्कार वापत सेगवे निनबुट इ–१०० स्कुटर तथा अन्य आकर्षक पुरस्कारहरु लक्की ड्र स्किममार्फत राख्न गई रहेको जानकारी गराउँछौं,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीले यसै आर्थिक वर्षको अन्त्यसम्ममा काठमाडौं तथा पोखरामा थप ६ वटा शाखाहरु संचालन गर्ने तथा हरेक वर्ष सानो, मध्यम तथा ठुलोस्तरको १०–१५ वटासम्म शाखा संचालन विस्तार गर्ने लक्ष्य लिएको जानकारी दिएकाे छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १७:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update