Odapalika - The Fourth Estate - चौथो अंग
सुन्दरबजार नगरपालिकाले माग्यो २२ जना गणक, यसरी दिनुस् आवेदन

काठमाडौँ । लमजुङको सुन्दरबजार नगरपालिकाले २२ जना गणकको माग गरेको छ । पालिकाले बिहीबार एक सूचना जारी गर्दै बालमैत्री पोषणमैत्री स्थानीय शासन सम्बन्धी प्रारम्भीक तथ्यांक संकलनका लागि उक्त संख्यामा गणक माग गरेको हो । 

सूचना प्रकाशन भएको ७ दिनभित्र इच्छुक आवेदन कर्ताले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । 

सूचना अनुसार १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको, प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी ३ महिना कम्प्युटर सम्बन्धी तालिम लिएको व्यक्तिलाई प्राथमिकता दिईनेछ । 

निवेदनका साथमा नेपाली नागरिकताको प्रतिलिपी, शैक्षिक योग्यता तथा तालिमको प्रमाणपत्रको प्रतिलिपी बुझाउनुपर्ने उल्लेख छ । 

बेसिक कम्प्युटर तालिम दिने

यस्तै, पालिकाले उपप्रमुख महिला प्रवद्र्धन सिपमुलक कार्यक्रम अन्तरगत बेसिक कम्प्युटर तालिम दिने भएको छ । पालिकाले एक सूचना जारी गर्दै ७ दिनभित्र इच्छुक नगरबासिलाई आवेदन दिन आग्रह गरेको हो । 

जसका लागि प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण भएको, १८ वर्षपूरा भई २५ वर्ष ननाघेको, स्थायी बासिन्दा हुनुपर्नेछ । 

notice-(2)-1714725038.jpg
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १४:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update