Odapalika - The Fourth Estate - चौथो अंग
एकैपटक ६ सचिवको सरुवा, कहाँ कसले पाए जिम्मेवारी ? 

काठमाडौँ । सरकारले एकैपटक ६ जना सचिवको सरुवा गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयका सचिवहरूको सरुवा गरेको हो । 

मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेश पाण्डेको संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा सरुवाा गरेको छ । 

पर्यटन मन्त्रालयका सचिव दिपक काफ्लेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, वन तथा वातावरण मन्त्रालयका सचिव दिपक खरालको कृषि तथा पशुपन्छी विकास मन्त्रालय (पशुपन्छी) मा सरुवा गरेको छ । 

त्यसै, पशुपन्छीका रेवतीरमण पौडेललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय (कृषि) र कृषि तर्फका सचिव गोविन्द प्रसाद शर्मालाई वन मन्त्रालयमा सरुवा गरेको छ ।

यस्तै लुम्बिनी प्रदेश प्रमुख सचिव राधिका अर्याललाई उपराष्ट्रपतिको कार्यालय पठाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update