Odapalika - The Fourth Estate - चौथो अंग
चौधरी ग्रुपको सिजी फुड्समा दिनदहाडै बसमा आएर गरियो आक्रमण

काठमाडौँ । चौधरी ग्रुपद्वारा सञ्चालित सिजी फुड्स पार्क भैंसेपाटीमा आज अपरान्ह अज्ञात समूहले आक्रमण गरेको छ ।

दिउँसो ३ बजेतिर बा४ख १०८५ नम्बरको बसमा आएको नियोजित समुहले फुड्स पार्कमा कार्यरत पुरूष र महिला कर्मचारीमाथि पनि हातपात गर्नुका साथै भौतिक सम्पत्तीमाथि तोडफोड गरेको चौधरी ग्रुपले जानकारी दिएको छ ।

फुड्स पार्कमा आउनासाथ उनीहरूले ‘नेपाल सरकार मुर्दावाद’ जस्ता नारा लगाउदै चौधरी ग्रुपका व्यवस्थापकहरूप्रति अभद्र एवं असभ्य व्यवहारहरू प्रदर्शन गरेका थिए । 

‘त्यहाँ कार्यरत महिला कर्मचारीमाथि समेत हातपात हुन थालेपछि फुड्स पार्कमा कार्यरत महिला कर्मचारीहरू प्रतिकारमा उत्रिए, जसका कारण आक्रमणकारीहरू त्यहाँबाट पछि हटेका थिए,’ ग्रुपले विज्ञप्ति जारी गर्दै भनेको छ ।

आक्रमण गर्न आएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दिनदहाडै भएको सो आक्रमणको चौधरी ग्रुपले भत्र्सना गरेको छ ।

‘देशको प्रमुख औद्योगिक घराना चौधरी ग्रुपद्वारा सञ्चालित उद्योगमाथि दिनदाहाडै भएको उक्त आक्रमण अत्यन्तै निन्दनीय छ । यस घटनाको हामी भत्र्सना गर्दछौँ । यस घटनाले देशको औद्योगिक वातावरणलाई अत्यन्तै नराम्रो असर पु¥याउन सक्नेतर्फ सचेत रहन हामी सम्वन्धित सबै निकायको ध्यानाकर्षण गराउँदछौँ,’ ग्रुपले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

घटनामा संलग्न व्यक्तिहरूमाथि कानूनी कार्वाही गर्न नेपाल सरकारसमक्ष अनुरोध गरिएको छ । चौधरी ग्रुपले भविष्यमा यस्ता घटना घट्न नदिन एवं औद्योगिक वातावरण कायम राख्नका लागि तत्काल पहल गर्न पनि हामी सम्वन्धित सबै निकायको गम्भीर ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १८:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update