Odapalika - The Fourth Estate - चौथो अंग
आज ४ वटा प्रदेशमा सामान्य वर्षाको सम्भावना 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्यसम्म वर्षा हुनसक्ने जनाएको छ । 

दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधरण बदली हुने र बाँकी भूभागको मौसम सफा रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

राति कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली भई बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । 

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना पनि छ ।

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  ०६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update