Odapalika - The Fourth Estate - चौथो अंग
महानगर प्रमुख भन्छन्ः गाली चाँही नगरिदिनुस् है 

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले नगरबासीका आवश्यक्ता र चाहानाहरुलाई मुर्त रुप दिन आफू लालायीत भएको बताएका छन् । 

ललितपुर महानगरपालिकाद्धारा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममालाई सम्बोधन गर्दै प्रमुख महर्जनले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम बनाउन सुरु गरिएको उल्लेख गर्दै जनताका चाहाना र आवश्यक्ताका आधारमा बजेट निर्माण गरिने बताए । 

उनले भने, ‘नगरबासीहरुको चाहानाहरुलाई मुर्त रुपमा कार्यान्वयन गर्नका लागि लालायीत छौं । हामी नगरबासीका समस्याप्रति संवेदनशील छौं  । अहिले हामी नगरको नीति तथा कार्यक्रम बनाउनेतर्फ लागिरहेका छौं । बजेट मेकिङ सेसन सुरु भइसक्यो । सार्वजनिक सुनुवाईमा नगरबासीहरुबाट प्राप्त भएका सुझाब र पृष्ठपोषणका आधारमा बजेट निर्माण गर्न चाहान्छौं ।’

महानगरबासीका लागि आफू नेतृत्वका जनप्रतिनिधिहरु सेवक भएर लागिरहेको महर्जनको भनाइ छ । 

सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख महर्जनले यातायात सेवामा सहजिकरण र  वडा र पालिका तहबाट प्रदान गरिने सेवाहरुको सहज र सरल बनाउँदै जाने प्रतिवद्धता जनाए । 

जनताको आवश्यक्ता पहिचानका लागि गत वर्ष दुई ठाउँमा सार्वजनिक सुनुवाई गरिएको स्मरण गर्दै महर्जनले आफू पालिका बासीले देखाएको बाटोमा हिँडिरहेको दाबी गरे । 

उनले भने, ‘ सार्वजनिक सुनुवाईको महत्वलाई ध्यानमा राख्दै गत वर्ष दुई ठाउँमा गरेका थियौं । यस वर्ष केही समस्याका कारणले दुई ठाउामा गर्न सकिएन । अर्को वर्ष जनमतका आधारमा सार्वजनिक सुनुवाई गर्नेछौं ।  नगरबासीको सेवा गर्नका लागि हामी सेवक भएर बसिरहेका छौं । प्रमुख र उपप्रमुखले भेट्नको लागि समय नदिएको भन्ने गुनासाहरु बढिरहेका छन् । तपाईले समय माग्नुस् त्यही समयमा म भेट्ने प्रयास गर्छु । तर, गाली चाँही नगरिदिनुस् है ।’ 
 

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  ०६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update