Odapalika - The Fourth Estate - चौथो अंग
कसले रोक्यो १०४ स्थानीय तहको ८८ करोड बजेट ? 

काठमाडौँ । संघीय मामिलातथा सामान्यप्रशासनमन्त्रीभानुभक्त जोशीले सरकारले नवप्रवद्र्धन कार्यक्रममा भनेर छुट्याएको ८८ करोड बजेट अहिलेसम्म निकासा नगरेको भन्दै गुनासो गरेका छन् । 

शुक्रबार प्रतिनिधिसभा अन्तरर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले उक्त कार्यक्रमका लागि विभिन्न मापदण्डबाट एक सय चार वटा पालिकालाई छनोट गरेर अभिमुखीकरण पनि दिएको भन्दै बजेटका लागि हार गुहार गर्दा पनि निकासा हुन नसकेको बताए ।  

उनले भने, ‘सरकारले नव प्रवद्र्धन कार्यक्रममाभनेर ८८ करोड बजेट छुट्याएको थियो । त्यसमा हामीले एक सय चार वटा पालिकालाई विभिन्न मापदण्डबाट छनोट गरेको थियौ. । उहाँहरुलाई अभिमुखीकरण पनि दियौं । ८८ करोड रुपैयाँ मध्ये अहिलेसम्म एक रुपैयाँ पनि आएको छैन । धेरै हार गुहार ग¥यौं अर्थ मन्त्रालय नाइ पनि भन्दैन । दिन पनि दिँदैन् । साउनमा पछि निकासा दिनुपर्ने बजेट अहिलेसम्म सदएको छैन  । सफल भएको छैन ।’

उनले संघीय निजामति सेवा ऐन देशभरी नै सुशासनकायम गर्ने विधेयक भएकाले चाँडो पास गर्नुपर्ने बताए । देशव्यापी रुपमा कर्मचारीहरुको व्यवस्थापन असाध्यै अप्ठ्यारो भएको भन्दै विधेयकलाई राजनीतिक रुपमा सहमति गरेर आउँदो अधिवेशनमा पहिला यसलाई समितिमा ल्याएर छलफल गरी पारित गर्नुपर्ने बताए । 

उनले भने, ‘संघीय निजामति सेवा ऐन संसोधन त परिसक्यो अब त्यो सकितिमा आउन बाँकी छ । यो विधेयक अलि महत्वपूर्ण नै छ । अहिले देशभरी नै सुशासनकायम गर्ने यो विधेयकलाई चाँडो पास गर्नुपर्ने छ ।’
 

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  ०७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update