Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरले पनि निःशुल्क लोकसेवा तयारी कक्षा चलाउने 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । 

महानगरले आज सूचना प्रकाशन गरी महानगरपालिकाभित्र स्थायी रुपमा बसोबास गरेकाहरुका लागि लोकसेवाको तयारी कक्षा सञ्चालन गर्न लागेकोले आवेदन माग गरेको हो । 

लोकसेवा तयारी गरिरहेका इच्छुक नागरिकले नागरिकताको प्रतिलिपि, स्थायी बसोबासको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्रसहित सात दिनभित्र सामाजिक विकास विभागमा आवेदन पेश गर्न महानगरले आग्रह गरेको छ । 

 mahanagar_Notice-1714812751.png

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update