Odapalika - The Fourth Estate - चौथो अंग
प्रधानमन्त्री भेटेलगत्तै राष्ट्रपतिले शीतल निवास बोलाए सभामुख 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को जारी अवरोधका विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेलाई शीतल निवास बोलाएका छन् । 

बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई शीतल निवास बोलाएर सोही विषयमा चासो राखेका राष्ट्रपति पौडेलले आज (शुक्रबार) बिहान १० बजे सभामुख घिमिरेलाई शीतल निवास बोलाएका हुन् । सभामुख घिमिरेसँग पनि राष्ट्रपति पौडेलले प्रधानमन्त्री दाहालसँग जस्तै संसद्को जारी गतिरोध अन्त्यका विषयमा कुरा गर्ने छन् । 

राष्ट्रपति पौडेलले जनताको सर्वोच्च निकाय संसद् लामो समय अवरुद्ध हुँदा त्यसले जनतामा नकारात्मक सन्देश प्रवाह भएको प्रधानमन्त्रीसँगको भेटमा संसद् सुचारु गर्ने उपाय खोज्न आग्रह गरेका थिए । 

संक्रमणकालिन न्याय, शिक्षा ऐनका विषयमा राष्ट्रपतिले प्रधनमन्त्रीसाग चासो राख्दै तत्काल समाधानका लागि पहल लिन आग्रह गरेका थिए । सभामुखसँगको भेटमा पनि राष्ट्रपति पौडेलले संक्रमणकालिन न्यायका साथै शिक्षा ऐनका विषयमा कुरा गर्ने जनाइएको छ ।

एमालेले त्रिभुवन विमानस्थलबाट ठूलो मात्रामा सुन फेला परेको थियो । त्यसको छानविन गर्न काउच्चस्तरीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी एमालेले साउन १० गतेदेखि संघीय संसद्मा बैठक अवरुद्ध गर्दै आएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  ०८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update