Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरको सीप मेलाः १० हजार नाघ्यो फाराम भर्नेको संख्या 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टुँडिखेलमा सीप मेला संचालन गरिरहेको छ ।  ‘सीप मेला २०८१’ मा हाल १० क्षेत्रका २९ पेशासँग सम्बन्धित तालिमहरु चलिरहेका छन् ।

हरेकदिन विहान ८ बजेदेखि कक्षाहरु भइरहेको महानगरले जनाएको छ । तालिम सञ्चालनसँगै अहिले आवेदकहरुको समूह विभाजन र कागजमा फाराम भर्नेहरुको विवरण कम्प्युटरमा प्रविष्टी गराउने काम भइरहेको महानगरको भनाइ छ । 

तालिमका लागि २ हजार ८१ जनालाई प्रशिक्षण दिने लक्ष्यसहित अनलाइन आवेदन माग गरिएको थियो । अनलाइनबाट फाराम भर्न कठिन हुनेहरुका लागि वडाबाट कागजमा फाराम भर्न सक्ने व्यवस्था गरिएको थियो । 

यससँगै शुभारम्भका दिन टुँडिखेलमा आएका सहभागीहरुको ठूलो संख्याले प्रशिक्षणको अवसरका लागि माग गरेपछि त्यहीँबाट पनि फाराम भर्ने अवसर दिइएको थियो ।

लिइएका आवेदनमध्ये अनलाइनबाट करिब पाँच  हजार जनाले फाराम फरेको साथै वडाहरुबाट करिब ३ हजार २ सय जनाको र टुँडिखेलमै आएर कागजमा फाराम भर्नेको संख्या १० हजार बढी रहेको महानगरको भनाइ छ । 

मागलाई व्यवस्थापन गर्न तालिमलाई सीप मेलासँगै महानगरको गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमसँग आवद्ध गरेर नियमित गरिने योजना बनाइएको, सी मेलानिर्देशक समितिका सदस्य सुदिप ढकालले जानकारी दिए । 

ढकालका अनुसार वैशाख १९ गतेभित्र फाराम भर्ने आवेदकलाई सीप मेलामा सहभागी गराइनेछ । उनीहरुलाई वैशाख २८ गते शुक्रबारभित्र तालिम तालिका उपलब्ध गराइने योजना छ । २० गतेपछि फाराम भर्नेहरुको हकमा अर्को व्यवस्था गरिने ढकालले जनाए ।


 

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १५:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update