Odapalika - The Fourth Estate - चौथो अंग
अन्तरपालिका भलिवल सुरु, महाँकाललाई पर्यटन पालिका बनाउने प्रचण्डको प्रतिवद्धता

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाँकाल गाउँपालिकालाई पर्यटकीय गाउँपालिका घोषणा गर्न पहल गरिने बताएका छन् ।

प्रज्ञा स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रथम बागमती प्रदेश अन्तरपालिकास्तरीय राष्ट्रिय भलिबल प्रतियोगिताको आज उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले बागमती प्रदेश सरकारलाई महाँकाल गाउँपालिकालाई पर्यटकीय पालिका घोषणा गर्न आग्रह गर्ने विश्वास दिलाए ।

विकासमा पछि परेको पालिका र यहाँका जनताको समस्या समाधानको विशेष ध्यान जाने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षको बजेटमार्फत महाँकाललाई प्राथमिकता दिने बताए । 

ललितपुरको महाँकाल गाउँपालिका–३ गोटीखेलको महाँकाल माध्यमिक विद्यालय परिसरमा आजदेखि बागमती प्रदेशका १६ टोलीको सहभागिता रहेको छ भने प्रतियोगिता वैशाख २५ गतेसम्म सञ्चालन हुनेछ ।

प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा हुने सो प्रतियोगितालाई महाँकाल गाउँपालिका उपाध्यक्षले  संयोजन गर्दैछिन् । महांकाल गाउँपालिकामै आयोजना हुने यो प्रतियोगिता ललितपुर जिल्लामा हुने खेल प्रतियोगितामध्येकै सर्वाधिक राशिको होख ।

ललितपुर जिल्ला खेलकुद विकास समितिले समन्वय गरिरहेको यो प्रतियोगितामा बागमती प्रदेशभित्रका १६ वटा पालिकाले सहभागिता जनाएका छन् ।

बिजेता टिमले ३ लाख रुपैयाँ पुरस्कार पाउनेछ । उपबिजेताले २ लाख र तेस्रो हुने टीमलाई १ लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा उत्कृष्ट ५ जना प्रशिक्षक र खेलाडीलाई जनही ५० हजार रुपैयाँका दरले पुरस्कार दिइने प्रतियोगिताकी संयोजक गोलेले जानकारी दिइन् । 

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update