आजको पञ्चाङ्ग
तिथिः द्धादशी । नक्षत्रः उ.भा. । करणः गर । चन्द्रराशिः मीन । सूर्योदयः ५ः२३ । सूर्यास्तः १८ः३९ । दिनमानः ३३ः१० घडी । राहुकालः बेलुका ४ः ३० देखि ०६ः०० सम्म ।
तपाईको आज
मेष (चु चे चो ला लि लु ले लो अ )
तपाईंको आजको काम अपूरो नै रहनेछ । दिनभरी नै सुखको अनुभूति भने भइरहने छ । खर्चिलो दिन छ । आज यात्रा कठिनपूर्ण भएकोले नगर्दा नै उचित हुनेछ ।
वृष (इ उ ए ओ बा बि बु बे बो)
आजको दिन उत्तम रहेको छ । सहयोग गर्ने प्रशस्तै होलान् । धन प्राप्तिको प्रवलता रहेको छ । गरेको कामले पूर्णता पाउनेछ ।
मिथुन (का कि कु घ ङ छ के को ह)
आज अनुकूल समय रहेको छ । मान,सम्मान तथा प्रशंसा पाएर मन प्रफुल्लित हुनेछ । नसोचेको काम बन्ने योग रहेको छ । मिष्ठान्न भोजन मिल्नेछ ।
कर्कट (हि हु हे हो डा डि डु डे डो)
अनावश्यक यात्राले शरीर थकित हुनेछ । गरेकोे कामको सम्मान हुनेछ । नयाँ साथीसँग सम्बन्ध स्थापित हुनेछ । आम्दानी तथा लाभ हुने देखिन्छ ।
सिंह (मा मि मु मे मो टा टि टु टे)
स्वस्थ्य बिग्रन सक्छ , खानपानमा विशेष जोगिनु पर्नेेछ । सामान्य कुरामा विवाद पर्न सक्छ । मानसिक तनाव रहनेछ । अनावश्यक खर्च हुनेछ ।
कन्या (टो प पि पु ष ण ठ पे पो)
आज गरेकोे काम अर्थपूर्ण बन्नेछ । बोलेको कुरा पूरा हुने देखिन्छ । घरपरिवारको सल्लाहले गरेको कामले गति लिनेछ । स्वस्थमा सुधार आउनेछ ।
तुला (र रि रु रे रो ता ति तु ते)
आज शत्रुले कार्यमा बाधा दिनेछन् । यात्रा भने शुभ रहनेछ । जमघट र मनोरञ्जनमा दिन बित्ने देखिन्छ । खर्चिलो दिन हुनेछ ।
वृश्चिक (तो ना नि नु ने नो या यि यु)
स्वस्थ्यमा देखिएको समस्या कम हुनेछ । सन्तान सुख मिल्नेछ । सोचेभन्दा राम्रो आम्दानी हुनेछ । विद्यामा सफल भइएला ।
धनु (ये यो भा भि भु ध फा ढा भे)
आज बढी नै श्रम गर्नुपर्नेछ । खरिद बिक्रिको योग रहेको छ । यात्रा कष्टकर हुनेछ । समाजसेवाको अवसर प्राप्त हुनेछ । हराएको सामान प्राप्त हुनेछ ।
मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि)
आजको दिन पराक्रम बढ्नेछ । शरीरमा केही असजिलो भएको महसुुस हुनेछ । दुःख दिनेहरु जुर्मुराउनेछन् । धैर्यताले काम गर्नुपर्नेछ ।
कुम्भ (गु गे गो सा सि सु से सो दा)
रोकिएका कामहरु बन्नेछन् । रमाइलो यात्रा तय हुनेछ । धन प्राप्त हुनेछ । आफन्तको पूर्ण सहयोग हुनेछ ।
मीन (दि दु थ झ ञ दे दो चा ची)
अरुको प्रशंसाले मन प्रफुल्लित हुनेछ । नयाँ कामको योजना बन्नेछन् । घुमफिरमा समय बित्नेछ । मनले चिताएको कुरा गर्न पाइएला । मिष्ठान्न भोजन मिल्नेछ ।