Odapalika - The Fourth Estate - चौथो अंग
कोशीमा पानी पर्ने सम्भावना हुँदा तराई र लुम्बिनीमा हावाहुरी 

काठमाडौँ । आज देशका केही स्थानमा पानी पर्ने सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानूमान महाशाखाका अनुसार पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण कतैकतै वर्षा हुने सम्भावना बढेको हो ।

बिहान पहाडी भू–भागमा आंशिक बदली हुने र दिउँसो कोशी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली हुने महाशाखाले जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

कोशी प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । 

लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना छ ।  

विभागका अनुसार राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 

कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । मधेस प्रदेशलगायत कोसी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  ०६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update