Odapalika - The Fourth Estate - चौथो अंग
बागमतीमा नेवारी र तामाङ कामकाजी भाषा बनेको अवसरमा सार्वजनिक बिदा 

काठमाडौँ । बागमती प्रदेशमा अब नेवारी र तामाङ भाषा पनि सरकारी कामकाजको भाषा बनेको छ ।  

प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले प्रदेशमा अब सरकारी कामकाजमा नेवारी र तामाङ भाषा पनि प्रयोग गरिने जानकारी दिए । उनका अनुसार वैशाख २४ गतेबाट व्यावहारिक रूपमा प्रयोगमा ल्याइने भएको छ । 

वैशाख २४ गते काठमाडौँमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उक्त दुवै भाषा सबै सरकारी कार्यालयमा प्रयोगमा ल्याइने कार्यक्रम उद्घाटन गर्दैछन् । 

बागमती प्रदेश सरकारले प्रदेशमा नेवाः र तामाङ भाषा सरकारी कामकाजको भाषा प्रयोगमा ल्याइएको खुसीयालीमा २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ । 

उक्त भाषा प्रयोगमा ल्याइएको खुसीयालीमा हुने कार्यक्रम भव्य रूपमा सम्पन्न गर्न संस्कृतिमन्त्री बज्राचार्यको अध्यक्षतामा ३०५ सदस्यीय आयोजक समिति निर्माण गरिएको छ । 

बागमती प्रदेशसभा बैठकले प्रदेशमा सरकारी कामकाजको भाषाको रूपमा नेवारी र तामाङ भाषा पनि प्रयोग गर्ने कानुन पारित गरिसकेको छ । 
 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  ०७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update