Odapalika - The Fourth Estate - चौथो अंग
विहारमा लोकसभा निर्वाचन, सीमा नाका ८ दिन बन्द

काठमाडौँ । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी  नेपाल–भारत सीमानाका आठ दिन बन्द गरिने भएको छ । विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा निर्वाचन हुँदैछ ।

जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार निर्वाचनको ७२ घण्टा पहिले सीमानाका बन्द गर्नुपर्ने भएकाले पहिलो चरणको निर्वाचनका लागि शनिबार मध्यरातिदेखि २५ वैशाखसम्म सीमानाका बन्द रहने  छ । त्यसैगरी दोस्रो चरणको निर्वाचनका लागि ४ जेठ मध्यरातिदेखि ७ जेठ मध्यरातसम्म बन्द हुने छ ।

करिब दुई महिनाअघि विहारको मधुवनीमा सम्पन्न नेपाल–भारतका सुरक्षा अधिकारीहरूको बैठकको निर्णयानुसार भारतसँग सीमा जोडिएका सिरहाको ठाढी, बरियारपट्टी र माडरनाका बन्द गरिने सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवले बताए । 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update