Odapalika - The Fourth Estate - चौथो अंग
प्रभु महालक्ष्मीले नियमित नवीकरण नभएका बीमालेख नवीकरणमा ७५ प्रतिशत छुट दिने

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नियमित नवीकरण नभएका बीमालेख नवीकरणमा छुुट घोषणा गरेको छ । कम्पनीले आइतबार एक सूचना जारी गर्दै उक्त बीमालेख नवीकरणमा ७५ प्रतिशतसम्म छुटको घोषणा गरेको हो । 

कम्पनीबाट जारी भएका बीमालेख वैशाख ३१ गतेसम्म नवीकरण गर्दा विलम्ब शुल्कमा ७५ प्रतिशत छुट पाइने कम्पनीले जनाएको छ । समुन्नति जीवन बीमा योजनामा यो छुट लागू नहुने कम्पनीले जनाएको छ । 

साथै, उक्त योजनामा समावेश भएर नवीकरण भएका बीमालेख नवीकरण भएको दुई वर्षभित्र समर्पण हुन आएमा दिइएको छुट कट्टा गरिने, पहिले नै छुट सुविधा प्राप्त गरेकालाई यो योजना लागू नहुने र यस्तो सुविधा बीमा अवधिभर एकपटक मात्र पाइने कम्पनीको भनाइ छ ।

438301280_421885530480908_6990143583819262932_n-1714886136.jpg
 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  ११:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update