Odapalika - The Fourth Estate - चौथो अंग
सीजि फुड्समा आक्रमणले व्यवसायीलाई हतोत्साही बनायो : नेपाल उद्योग परिसंघ

काठमाडौं । नेपाल उद्योग परिसंघले चौधरी ग्रुपबाट सञ्चालित सीजी फुड्समा भएको आक्रमणको घटनामाले निजी क्षेत्रको मनस्थितीमा गम्भीर असर परेको जनाएको छ । परिसंघले आइतबार एक विज्ञप्ती जारै गर्दै घटनामा संलग्न जो कोहीलाई कानूनी दायरामा ल्याउन समेत माग गरेको छ । 

‘सी.जी. फुड्समा शुक्रबार भएको आक्रमणको घटनाप्रति नेपाल उद्योग परिसंघको गम्भिर ध्यानाकर्षण भएको छ । सी.जी. फुड्समा कार्यरत कर्मचारीमाथि हातपात एवं भौतिक सम्पत्ति तोडफोड गरिएको घटना निन्दनिय छ । देशकै प्रमुख औद्योगिक घराना चौधरी ग्रुपबाट सञ्चालित उद्योगमाथि भएको घटनामा संलग्न जो कोहीलाई कानूनी दायरामा ल्याउन परिसंघ माग गर्दछ’, विज्ञप्तीमा भनिएको छ । 

यस्तै, परिसंघले हालको विषम परिस्थितीमा निरुत्साहत बनिरहेको निजी क्षेत्रको मनस्थितीलाई यस्ता घटनाले थप हतोत्साही बनाउने, लगानीको वातावरण बिग्रने र समृद्ध अर्थतन्त्रको प्रयासमा गम्भिर असर पार्ने जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १३:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update