Odapalika - The Fourth Estate - चौथो अंग
आज यी ३ प्रदेशमा पर्नेछ पानी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानूमान महाशाशाखाले आज देशका ७ मध्ये ३ वटा प्रदेशा पानी पर्ने सम्भावना औँल्याएको छ । 

उसले कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने अवस्था देखिएको बताएको छ । 

विभागका अनुसार पश्चिमी र स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको प्रभावले बिहान पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली हुनेछ ।

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 

कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । 

राति कोशी र मधेसलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने र यी क्षेत्रा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  ०६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update