Odapalika - The Fourth Estate - चौथो अंग
५२ स्थानीय तहको प्रशासकीय भवन बनाउन १६ अर्ब , ५२ कराेड निकासा, कसले कति पाए ? *

काठमाडौँ । देशभरका ५२ वटा स्थानीय तहको प्रशासकीय भवन चालु आर्थिक वर्षमा एकसाथ बनिरहेका छन् । 

स्थानीय तहको प्रशासकीय भवन पूर्वाधार विकास कार्यक्रम संचालन कार्यविधि २०८० अनुसार ती भवनहरुका लागि संघीय सरकारले पालिकाअनुसार फरक फरक रकम बिनियोजन समेत गरेको छ । 

शहरी विकास मन्त्रालय अन्तरगतको स्थानीय पूर्वाधार विभागले भवन बन्ने स्थानीय तहका लागि छुट्याइएको रकमसमेत निकासा गरिसकेको छ । 

जसमा अघिल्लो आर्थिक वर्षमा भवन बनाउन रकम पाउने निर्णय भएर यसवर्ष ठेक्का लागेका १० वटा पालिकासमेत समावेश गरेको बताएको छ । 

संघीय सरकारले यस चालु आर्थिक वर्षमा बन्ने भवनका लागि १५ अर्ब ३२ कराेड रुपैयाँ बिनियोजन गरेकोे छ । 

अघिल्लो आर्थिक वर्षमा रकम माग गरेका तर चालु आर्थिक वर्षमा ठेक्का लागेका १० वटा स्थानीय तहका प्रशासनिक भवन निर्माणका लागि पनि १ अर्ब २०  कराेड रुपैयाँ निकासा भएको विभागले जनाएको छ । 

यसरी हेर्दा चालु आर्थिक वर्षमा संघीय सरकारले ५२ वटा स्थानीय तहको प्रशासकीय भवन निर्माणका लागि १६ अर्ब ५२ करोड रुपेयाँ निकासा गरेको छ । 

विभागका अनुसार भवन बनाउन एउटा पालिकाले १२ देखि ५० लाख रुपैयाँसम्म अनुदान पाएका छन् । 

विभागका अनुसार कोशी प्रदेशका १३ वटा, मधेशका ८ वटा, बागमतीका ५ वटा, गण्डकीका ३ वटा, लुम्बिनीका ७ वटा, कर्णालीका ९ वटा र सुदरपश्चिमका ७ वटा स्थानयि तह छन् । 

अघिल्लो आर्थिक वर्षमा रकम माग गरी यस वर्ष ठेक्का लगाएर रकम निकासा पाएका १० पालिका मध्ये कोशीका ५, मधेशको १, बागमतीका ३ र सुदूरपश्चिमको एउटा पालिका छ । 

हेर्नुहोस् कुन पालिकाले कति पाए ? 

 

*तथ्यांक गलत भएकाले सच्याइएकाे छ 
 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update