Odapalika - The Fourth Estate - चौथो अंग
राजनीतिक हेराफेरी : सरकारको विरोधमा एमाले, एमालेको विरोधमा सरकार

काठमाडौँ । राष्ट्रिय सभाको बैठकमा प्रतिपक्षका सांसदले उठेर सदन अवरुद्ध गराएलगत्तै सत्ता पक्षका सांसद समेत उठेर विरोध जनाएका छन् । 

शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरुले आफ्ना कुरा राखेपछि एमाले सांसद विमला राई पौडेलले सुन प्रकरणको छानबिनका लागि समिति गठनको माग यथावत रहेको भनेसंगै एमाले सांसद उठेर विरोध गरेका थिए । 

लगत्तै सत्ता पक्षका सांसदसमेत उठेर विरोध जनाएपछि अध्यक्ष गणेश तिमिल्सिनाले पटक पटक बस्न आग्रह गर्दै, कार्यसूची अघि बढाउन सहयोगका लागि आग्रह गरे । उनले सत्ता पक्षका सांसद समेत उठेपछि हास्दैँ भने, ‘कि उठी उठी बैठक चलाउन नयाँ अभ्यास सुरु गर्ने हो !’ 

‘जसरी एकसाथ उभिनु भएको छ । त्यसैगरी एकसाथ बसिदिनुहोस् । म माननीय ज्यूहरुलाई आग्रह गर्छु,’ उनले भने । ‘अघि बढाउन हाम्रा केही कार्यसूची केही लामो समयदेखि रोकिएका छन् । यिनलाई अगाडि बढाउँ । ’ 

झण्डै १० मिनेट लगातार प्रतिपक्ष दलका सांसदसहित सत्ता पक्षका सांसदसमेत उठेर विरोध जनाएपछि अध्यक्ष तिमिल्सिनाले बैठकका सबै कार्यसूची हटाएर बैठक ३१ गते दिउसो १ बजे बस्ने गरी स्थगित गरेका छन् । 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update