Odapalika - The Fourth Estate - चौथो अंग
कृषकलाई नरहरिनाथ गाउँपालिकाको प्रोत्साहनः गोठालो भत्तादेखि सम्मानसम्म

काठमाडौँ । कालीकोटको नरहरिनाथ गाउँपालिकाले पशुपालन गर्ने किसानलाई प्रोत्साहन गर्न गोठालोभत्तादेखि सम्मानका कार्यक्रम राखेको छ । 

पालिकाले चालु आर्थिक वर्षको स्वीकृत बजेटअनुसार ‘कृषकसँग उपाध्यक्ष कार्यक्रम’बाट पशुपालक किसानलाई प्रोत्साहनका विभिन्न कार्यक्रम राखिएको जनाएको छ । 

पालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलले किसानलाई प्रोत्साहनका लागि ३० लाख रुपैयाँ रकम विनियोजन गरिएको बताए । उक्त रकमबाट गोठालोलाई भत्ता, कृषकलाई सम्मानदेखि अनुदानमा कृषि सामग्री वितरणसम्मका कार्यक्रम समावेश गरिएको छ । 

पालिकाले मंगलबार एक सूचना जारी गर्दै गोठालो भत्ताका लागि आवेदन दिन आग्रह गरेको छ । 

पशुपालन बढाउन गाउँपालिकाले किसानलाई गोठालो भत्ताको व्यवस्था गरेको बताउँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलले पशुपालक किसानलाई मासिक एक हजार प्रदान गरिन लागिएको बताए । 

कार्यविधि अनुसार गोठालो भत्ता कार्यविधिअनुसार चारवटा भैँसी, ३० वटा बाख्रा र ४० वटाभन्दा बढी भेडा व्यावसायिक रूपमा पाल्लेको हुनुपर्नेछ । 

notice1-1715147667.jpg
 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update