Odapalika - The Fourth Estate - चौथो अंग
श्रमदानबाटै बाटो बनाउँदै छन् उमाकुण्ड र लिखु तामाकोशीका जनता 

रामेछाप । वर्षाको कारण सडक बिग्रिएपछि रामेछापका ग्रामीण भेगका जनप्रतिनिधि तथा टोल विकास संस्थाहरू श्रमदान गरेर सडक मर्मतमा जुटेका छन् । 

वर्षका कारण जिल्लाका अधिकांश ग्रामीण भेगका कच्ची सडकहरू बिग्रिएका छन् । ठाउँ ठाउँमा पहिरो गएर तथा अधिकांश ठाउँमा पानी परेर जमेका कारण हिलो भएर सडकहरू बिग्रिएका छन् । यसरी बिग्रिएका सडक मर्मत गर्न खर्च नभएपछि जनप्रतिनिधि र स्थानीयवासी श्रमदान गरेर सडक मर्मतमा जुटेका हुन् । 

Lekhu Tamakosi -2-11691738319.jpg

उमाकुण्ड गाउँपालिकाको–१ गुम्देलको धुपीको टोल विकास संस्थाका युवाहरूले ठाउँ ठाउँमा बिग्रिएको सडक श्रमदान गरेर मर्मत गरेका छन् । सदरमुकाम  मन्थली र गाउँपालिकाको केन्द्रबाट सो वडाको गुम्देल जाने सडक वर्षाको कारण बिग्रिएपछि टोल विकास संस्थाका युवाले श्रमदान गरेर मर्मत गरेका वडाध्यक्ष ङावा तिण्डु शेर्पाले बताए । 

सो गाउँपालिकाका अन्य विभिन्न वडामा पनि जनप्रतिनिधि र टोल विकास संस्थाका  युवाहरू जुटेर सडक मर्मतको काम गरिहरेका छन् । बन्द सडक खुलाउन जनप्रतिनिधि र टोल विकास संस्था लागिरहेका छन् । 

लिखु तामाकोसी गाउँपालिका–२ सैपुका वडाध्यक्ष सन्तोष पौडेल वडाका अन्य जनप्रतिनिधिका साथ एक हप्तादेखि नियमित रूपमा सडक मर्मतको काममा खटी रहेका छन् । वर्षाले बिगारेको बाटोमा ढुङ्गा छाप्नको लागि ढुङ्गा ओसार्ने, सोलिङ गर्नेलगायतका काममा निरन्तर लागेको पौडेलले बताए । 

Lekhau tamakosi-2-21691738311.jpg

वडा कार्यालयमा बजेटको अभाव हुँदा श्रमदानमा जुट्नु परेको पौडेलले सुनाए । जनप्रतिनिधि आफैँ श्रमदानमा जुटेपछि स्थानीय नागरिक पनि भ्याएको बेला श्रमदान गर्न निस्किएका र यसले श्रम संस्कृति विकास गर्न सहयोग पुगेको पौडेलले बताए । 

‘हामीसँग बजेट छैन, ट्याक्टर मागेर ढुङ्गा ल्याएर सडकमा छाप्ने काम गरिरहेका छौँ । वर्षामा पनि काठमाडौं र सदरमुकाम जाने सडकमा यातायात साधन नरोकिउन भन्ने हाम्रो लक्ष्य छ’, उनले भने ।

Lekhu Tamakosi -21691738311.jpg

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १२:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update