Odapalika - The Fourth Estate - चौथो अंग
गिट्टी–बालुवासँगै हरेक दिन बिक्छ वडाध्यक्षको निर्णय 

महोत्तरी । २४ असार २०७९ मा बर्दिबास नगरपालिकास्थित वडा न. ३ का वडा अध्यक्ष बिराट कुमार विष्टले वडाभित्रको नदीजन्य पदार्थ निकासीमा रोक लगाउने निर्णय गरे । तर  निर्णय गरेको १ बर्ष वितिसक्दा पनि कार्यान्वयनमा ल्याउन नसकेपछि स्थानीयवासी असन्तुष्ट छन् । 

नदीजन्य पदार्थको दोहन कै कारण जनप्रतिनिधिहरु आलोचित बनिरहेको वेला अध्यक्ष बिष्टले वडाभित्रको रातु खोला, खहरे खोला तथा सामुदयिक वन क्षेत्रवाट  चोरी निकासीमा निगरानी गरी पुर्णरुपमा निषेध गर्ने बिषयमा सार्वजनिक सुचना नै जारी गरेका थिए ।

अहिले ट्याक्टरवालाहरु नदिजन्य पदार्थ उत्तखनन् गर्न दिनभरी  खोलामा नै बस्छन भने खोला प्रवेशमा बाँधको लागी वनाइएको जाली नै तोडेर ओहोरदोहोर गर्ने वाटो वनाएका छन् ।

उनीहरुले खोतलेको बालुवा, ढुंगाको कारण वडाका कतिपय ठाउँमा रातु नदी पस्दा उर्वरभुमि बगरमा परिणत भएको छ । अझ तल्लो पाटुस्थित रातु नदीको तटिय क्षेत्रमा त कतिपय ट्याक्टरवालाहरुले भण्डारण केन्द्र नै वनाएका छन ।

हेर्नुहाेस् वडाध्यक्षकाे निर्णय

minuit1691748086.jpgप्राकृतिक स्रोत, साधनको दोहनमा स्थानीय सरकारमाथि प्रश्न उठिरहेको वेला अध्यक्ष बिष्टले आफैले वनाएको नियमलाई किन कार्यान्वयनमा ल्याउन सकेनन् भन्ने बिषय थप पेचिलो वनेको छ ।

कालापानी देखि पाटुको तल्लो तटिय क्षेत्रसम्म आइपुग्दा दैनिक ३ दर्जन ट्याक्टर नदीजन्य पदार्थ उत्खनन्मा नै व्यस्त छन् ।

तर यसरी भइरहेको छ उत्खनन्

20230811_0737411691748392.jpg

20230811_0737121691748417.jpg

20230811_0737411691748420.jpg

FB_IMG_16917408531031691748421.jpg

20230811_0737411691748420.jpg

FB_IMG_16917408531031691748421.jpg

वडाध्यक्ष भन्छन्ः प्रहरी र स्थानीयले असहयोग गरे 

नदीजन्य पदार्थको ओसारपसार र नियन्त्रणको निणर््य गरेपनि प्रहरी प्रशासन र सरोकारवालाहरुले सहयोग नगरेको अध्यक्ष बिष्ट बताउँछन् । 

वडावाट निर्णय भएसगैँ निर्णयको कपि र पत्र इलाका प्रहरी कार्यालय गौरिडाडालाइ समेत पठाएको तर वेवास्ता भएको अध्यक्ष बिष्टको भनाइ छ ‘निर्णयपछि १० वटा सामाजिक तथा सामुदायिक कार्यालयमा कार्यान्वयनमा सहयोग गर्न पत्र नै लेखेको छु । तर खुलेआम ओसारपसार र चोरीमा सक्रिय हँुदाहुँदै पनि सरोकारवालाहरुले वेवास्ता किन गरिरहेका छन् आश्चार्य लागेको छ,’ वडाध्यक्ष विष्ट भन्छन् । 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update