Odapalika - The Fourth Estate - चौथो अंग
५ प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना 

काठमाडौँ । आज पनि देशभरको मौसममा आंशिकदेखि साधारणतया बदली रहने छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा साथै बाँकी तराईका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

त्यस्तै, देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ।विभागले दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  ०६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update