Odapalika - The Fourth Estate - चौथो अंग
बलम्बुको प्रज्ञान सहकारीले फिर्ता गरेन बचत रकम, थानकोट प्रहरीमा जाहेरी दिन चन्द्रागिरिको आग्रह

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले प्रज्ञान बचत तथा ऋण सहकारी संस्थाबाट रकम फिर्ता नपाएका बचातकर्तालाई प्रहरी बृत्त थानकोटमा जाहेरी दिन आग्रह गरेको छ । नगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै थानकोट वृत्तमा जाहेरी दिन आग्रह गरेको हो ।

‘नगरपालिकाको वडा नम्बर १२ मा बलम्बुमा रहेको प्रज्ञान बचत तथा ऋण सहकारी संस्थामा रकम बचत गरी हालसम्म फिर्ता नपाएका बचतकर्ता सदस्यहरुले आफ्नो बचत गरेको प्रमाण (बचत पासबुक रसिद) सहीत जाहेरी दरखास्त पेश गर्नका लागि जानकारी गराई दिनुहुन अनुरोध छ’, नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ । 

यस्तै, सूचनामा नेपाल सरकार गृह मन्त्रालय अन्तरगत प्रहरी वृत्त थानकोटले बैशाख २५ गते पत्र पठाउँदै जाहेरी दिन आग्रह गरेको समेत उल्लेख छ । 

Notice-1715231502.jpg

 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update