Odapalika - The Fourth Estate - चौथो अंग
मेयर, उपमेयर, प्रशासकीय अधिकृत सहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलेश्वर नगरपालिकाका मेयर, उपमेयर, प्रशासकीय अधिकृत सहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

आयोगले बिहीबार महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका नगर प्रमुख सुरेश साह सोनार, उप–प्रमुख रौशन खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसहित १२ जना उपर गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर गरेको हो । 

आयोगले नगरपालिकाका अधिकृत छैठौा धिरेन्द्र झा, बरिष्ठ इन्जिनियर पवन कुमार झा, इन्जिनियर राकेश कुमार चौधरी, सव इन्जिनियर दिपेश कुमार साह, कार्यापालिका सदस्य सोगरा खानुत, वडा नम्बर १ का वडा अध्यक्ष अनिल कुमार झा विरुद्ध ५ लाख ८४ हजार ६३७ रुपैयाँ बिगो दाबी गरी मुद्दा दायर भएको छ । 

उनीहरुमाथि नगरपालिकाको वडा नम्बर १ महोत्तरी बरुणसर पोखखरी नजिक रहेको बजार क्षेत्रभित्र पीपीसी ढलान कार्यको वास्तविक भए गरेको कार्यभन्दा बढी कार्य गरेको भनी झट्टा नापी किताब, कार्य सम्पन्न प्रतिवेदन, उपभोक्ताको भुक्तानी बिल र अनुगमन प्रतिवेदन चेकजाँच नगरी भुक्तानीका लागि टिप्पणी पेश तथा सदर गरेको आरोप लगाईएको छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १२:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update