Odapalika - The Fourth Estate - चौथो अंग
रैनादेवी छहरा गाउँपालिकाको मोबाइल एपः जनप्रतिनिधिलाई गुनासोदेखि पालिकाको सेवासम्म

काठमाडौँ । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले आफ्नै मोबाइल एप सञ्चालनमा ल्याएको छ । पालिकालाई प्रविधिमैत्रि बनाउन ‘रैनादेवी छहरा’ नाम राखेर मोबाइल एप सञ्चालनमा ल्याईएको हो । 

उक्त मोबाइल ए िमोबाइल एप्लिकेशन एन्ड्रोइड प्ल्याटफर्ममा आधारित छ । उक्त एप मार्फत गाउँपालिकाका सम्पूर्ण सूचना, जानकारीहरू, जनप्रतिनिधि तथा कर्मचारीहरूको विवरण यसै एप मार्फत प्राप्त गर्न सकिनेछ । 

यस्तै, एपलाई आगामी दिनहरूमा गाउँपालिकाबाट प्रदान गरिने सेवाहरूलाई सूचना प्रविधि मैत्री बनाई अनलाइन माध्यमबाट सेवा प्रवाह हुने गरी विस्तार गरिने पालिकाका अध्यक्ष रुक्मांगत भट्टराईले जानकारी दिए । 

उनका अनुसार उक्त एपमा गाउँपालिका तथा वडाका सम्पूर्ण सूचना, जानकारी प्राप्त गर्न सकिने, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुखहरूलाई प्रत्यक्ष रूपमा सुझाव र गुनासो राख्न सकिनेछ । 

उनका अनुसार उक्त एप ३ लाख रुपैयाँमा निर्माण गरिएको हो । 

यस्तै, आपतकालीन सेवाहरू जस्तै प्रहरी, एम्बुलेन्स सम्बन्धी जानकारी तथा सम्पर्क नम्बर, गाउँपालिकाले निर्माण गरेका कानुनहरू तथा प्रकाशन गरिएका प्रतिवेदनहरू प्राप्त, गाउँपालिकाको नागरिक वडापत्र तथा सेवाहरूको विवरण तथा गाउँपालिकाका विद्यालय तथा स्वास्थ्य चौकीहरू सम्बन्धी जानकारी प्राप्त गर्न सकिनेछ । 

यस्तै, गाउँपालिकाको प्रवेशद्वारमा क्विक रेस्पोन्स कोड राखि सेवाग्राहीहरूलाई कार्यालयका शाखाहरूको विवरण (कोठा नं, प्रदान गरिने सेवा, कर्मचारीहरूको विवरण आदि ) प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको जनाईएको छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update