Odapalika - The Fourth Estate - चौथो अंग
मुद्दा जितेपछि जीतपुरसिमरा उपमहानगरले थाल्यो अत्याधुनिक सपिङ कम्प्लेक्स निर्माण प्रक्रिया  
प्रस्तावित सपिङ कम्प्लेक्सकाे डिजाइन

काठमाडौँ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ को सिमरा हाटबजार क्षेत्रमा बन्न लागेको अत्याधुनिक सपिङ कम्प्लेक्स बन्ने वाटो खुलेको छ । 

उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले स्थानीय व्यापारीले कम्प्लेक्स बनाउने निर्णयविरुद्ध दायर गरेको रिट खारेज गरेसँगै उपमहानगरपालिकालाई कम्प्लेक्स बनाउन बाटो खुलेको हो । 

नगरपालिकाविरुद्ध स्थानीय व्यापारीले दायर गरेको रिट उच्च अदालतले खारेज गरेको जानकारी दिदै मेयर राजन पौडेलले अब कम्प्लेक्स निर्माणले गति लिने बताए । 

उपमहानगरले १ वर्षअघि नै अन्तिम पटक सूचना प्कारशन गर्दै अनधिकृत संरचना हटाउन अल्टिमेटम दिएपछि सो स्थानमा व्यवसाय गर्नेहरुले उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासमा निवेदन दिएका थिए । 

साविकको पिप्रासिमरा गािवसको नाममा रहेको सो जग्गामा नगर विकास कोषको सहयोगमा उपमहानगरपालिकाले २ तले भूमिगत पार्किङसहितको सुविधा सम्पन्न कम्प्लेक्स निर्माणको काम अघि वढाएको थियो । 

५ वर्षअघि नै डिपिआर तयार भएपनि स्थानीय व्यवसायी र नगरपालिकाबीचको टकरावका कारण कामले गति लिन सकेको थिएन । 

सपिङ्ग कम्प्लेक्स बनाउने योजना अघि सारिएको बजार क्षेत्रमा रहेका अवैध संरचना बाधक बन्दै आएको थियो । यी संरचना हटाउन उपमहानगरपालिकाले पटक–पटक सूचना निकाल्दै आएको थियो । संरचना खाली गर्न एक वर्षअघि अर्थात २९ बैशाख, २०८० मा अन्तिम पटक भन्दै सूचना जारी गरेपछि व्यवसायीले अदालत गुहारेका थिए ।

उपमहानगरले यसअघि तयार भएको डिपीआरलाई सामान्य परिमार्जन गरेर ठेक्का आह्वानको तयारी थालेको मेयर पौडेलले वडापालिकालाई बताए । 

सपिङ्ग कम्पेलेक्सको डिपिआरमा २ तल्लाको बेसमेन्ट पार्किङ्गसहित जमिन तल्लामा ४० भन्दा माथि सटरहरु, पहिलो तल्लामा २ नम्बर वडा कार्यालय राख्ने प्रस्ताव छ । बाँकी स्थानमा बैँक, सहकारी गरी अन्य गैरसरकारी कार्यालयहरु राख्न सकिने ब्यवस्था छ ।

तेश्रो तल्लामा जिम हल, फुड कोर्ट, प्ले जोन, रेष्टुरेण्टहरु भाडामा लाग्न सक्ने गरी कमर्सियल भवनको डिजाइन गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १४:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update