Odapalika - The Fourth Estate - चौथो अंग
रास्वपाका सांसदहरुले संसद बैठक नचलेको दिनको तलब नलिने 

काठमाडौँ । चितवन– २ बाट निर्वाचित सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका सांसदहरुले संसद नचलेको बेलाको कुनै सेवा सुविधा नलिने बताएका छन् । 

शुक्रबार प्रतिनिधि सभाको बैठक पछि पत्रकारहरु संग कुराकानी गर्दै सभापति लामिछानेले संसद नचलेको बेलाको कुनै सेवा सुविधा नलिने व्यवस्था गरिदिन सभामुखलाई आग्रह गरेको बताएका छन् । 

सभापति लामिछानेले नेपाली जनताको लागि केही गर्न नपाउँदै पैसा लिनु भनेको आफुहरुलाई स्वीकार्य नभएको बताए । तर संसद बैठक नबसेको दिनको सेवा सुविधा लिने नलिने विषयमा भने उनले केही खुलाएनन् । 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update