Odapalika - The Fourth Estate - चौथो अंग
बलवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढकाल निलम्बित 

काठमाडौँ । भ्रष्टाचार प्रकरणमा महोत्तरीको वलवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल निलम्बनमा परेका छन् । 

महोत्तरीकै जलेश्वर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएका बेला पूर्वाधार निर्माणमा ५ लाख भन्दा वढी सरकारी रकम भ्रष्टाचार गरेको अभियोगमा उनलाई आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । 

मुद्दा दर्ता भएसँगै उनी स्वतः निलम्बनमा परेका हुन् । उनीसहित जलेश्वर नगरपालिकाका प्रमुख, उपप्रमुखलगायतका कर्मचारीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो । 

जलेश्वरमा हुँदा उनी यो प्रकरणमा मुछिएका हुन् । ४ महिना अघिमात्र उनी सरुवा भएर बलवा नगरपालिकाको प्रशासन सम्हाल्न आएका थिए । 

बलवा नगरपालिकाका प्रमुख राम बिजय महतोले प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएर स्वतः निलम्बनमा परेको समाचारबाट थाहा भएको भन्दै आधिकारिक जानकारी प्राप्त भएपछि प्रशासनिक नेतृत्व कसलाई सुम्पने भन्ने विषयमा छलफल गर्ने वडापालिकालाई बताए । 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update