Odapalika - The Fourth Estate - चौथो अंग
भ्रष्टाचारको अभियोग लगाउँदै धरानका मेयरले सोधे पूर्वमेयर र उपमेयरलाई स्पष्टीकरण, यी हुन ९ चासो ?

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले खानेपानी परियोजनाका विषयलाई लिएर पूर्व मेयर र उपमेयरलाई ९ बुँदे प्रष्टीकरण सोधेका छन् । 

आज उनले निर्वतमान मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सुवेदीलाई ७ दिनभित्र लिखित प्रष्टीकरण दिन पत्राचार गरेका छन् । 

पत्रमा उनले एसियाली विकास बैँकको ऋण अनुदानमा धरानको खानेपानी समस्याको दीर्घकालीन समाधान गर्न सम्झौता भएर आयोजना सफल भएको भन्दै खानेपानी संस्थानलाई खानेपानी बोर्डमा मर्ज गरेको विषय पत्रमा उठान गरेका छन् । 

संस्थानलाई बोर्डमा मर्ज गरेपनि हालसम्म खानेपानी समस्या समाधान नभएको आयोजना संचालनमा चरम लापरवाही गरेको र भ्रष्टाचार गरेको जस्ता आरोपसमेत लगाएर प्रष्ट पार्न भनेका छन् । 

उनले यसलाई आफ्नो आरोप नभनेर जनगुनासो आएको भन्दै ९ वटा बुँदामा प्रष्ट पार्न भनेका छन् । पत्रमा एडिवीको ऋण लिने काम कहिले भएको हो, ऋण किन र कित ल्याएको हो प्रष्ट पार्न भनेका छन् । 

यसरी ल्याएको ऋण कुन शीर्षकमा खर्च गरिएको होलगायतका गम्भीर प्रश्नको जवाफ दिन उनले भनेका छन् । 

हेर्नुहोस् प्रष्टीकरण सोधिएको पत्र 

harka-1715252348.jpg
 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update