Odapalika - The Fourth Estate - चौथो अंग
प्रधानमन्त्रीको स्वागत गर्न गाउँपालिकाले दियो सार्वजनिक बिदा 

काठमाडौँ । प्रधानमनत्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सल्यानको दार्मा गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्ने भएका छन् । 

प्रधानमन्त्री नै उपस्थित हुनेभएपछि उनको स्वागतमा गाउँपालिकाले पालिकाभर सार्वजनिक बिदाको घोषणा गरेको छ । 

दार्मा गाउँपालिका ३ मा रहेको पालिकाको प्रशाकीय भवन बिहान ११ बजे उद्घाटन गरिँदैछ । भवन गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले कार्यपालिका बैठकले निर्णय गरेर प्रशासकीय भवन उद्घाटनको दिन पालिकाभरी सार्वजनिक बिदा दिने निर्णय गरिएको बताए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १०:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update