Odapalika - The Fourth Estate - चौथो अंग
घुस लिएका वडाध्यक्षलाई कैद र जरिमानाको फैसला 

काठमाडौँ । जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष तारा बहादुर कार्की भ्रष्टाचारी ठहर भएका छन् । 

विशेष अदालत काठमाडौँले भ्रष्टाचार अभियोगमा निलम्बनमा रहेका वडाध्यक्ष कार्कीलाई घुसकाण्डमा दोषी ठहर गर्दै कैद र जरिमाना हुने फैसला गरेको हो । 

२०८० साल माघ १० गते सेवाग्राहीसँग घुस लिएको आरोपमा विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको थियो ।

विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर र सदस्य तेज नारायण सिंह राईको इजलासले ५ लाख रुपैयाँ घुस लिएको अभियोगमा उनलाई दोषी ठहर गरेको हो । 

पुस २ गते हेटौँडा स्थित अख्तियारको टोलीले वडाध्यक्ष कार्कीलाई ५ लाख घुस रकम सहित पक्राउ गरेको थियो । नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित कार्कीलाई जितपुरस्थित जयसवाल होटलबाट घुस रकमसहित पक्राउ गरेर विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update