Odapalika - The Fourth Estate - चौथो अंग
हरि फुयाल र अब्दुल अजिजले हर्ने भए कोशी र गण्डकी सरकारको बैधता विवाद 

काठमाडौँ । कोशी प्रदेश सरकार गठनविरुद्ध निवर्तमान मुख्यमन्त्रीले दायर गरेको रिटलाई सर्वाेच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले प्रारम्भिक सुनुवाई गर्ने भएका छन् । 

उता गण्डकी सरकार गठन विरुद्ध परेको रिटलाई भने सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानले हेर्ने भएका छन् । 

कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले बिहीबार सरकार गठनविरुद्ध रिट दायर गरेका थिए ।  एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्की बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएपछि यसलाई चुनौती दिदै कार्कीले रिट दायर गरेका थिए । 

गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा बिहीबारका लागि पेशी तय भएपनि न्यायाधीशको मृत्युमा शोक बिदा दिइएका कारण हेर्ने पालो आएको थिएन । आज भने मुसलमानको इजलासमा यो मुद्दाको पेशी तोकिएको छ । 

कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतको बैधानिकतामा प्रश्न उठाउँदै रिट दायर गरेका छन् । 

गत आइतबार प्रदेशसभामा मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मत प्रस्तावमा सभामुख कृष्ण धितालले ६० सदस्यमा ३० सांसदको समर्थनलाई बुहमतको विश्वास पाएको घोषणा गरेका थिए । यसलाई निवेदकले अवैध भनेका छन् । 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update