Odapalika - The Fourth Estate - चौथो अंग
सेवाग्राहीबाट १ लाख २० हजार घुस लिने राष्ट्रपति चुरे–तराई मधेश कार्यालयका अधिकृत विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई लम्कीका जलाधार व्यवस्थापन अधिकृत विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेका छ । 

गत वैशाख ५ गते सेवाग्राहीसँग १ लाख २० हजार रकम घुस लिदैँ गर्दा नियन्त्रणमा लिईएको व्यवस्थापन अधिकृत प्रभात पाल विरुद्द आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

आयोगले व्यवस्थापन अधिकृत प्रभात पालले तटबन्ध निर्माण कार्यको पहिलो रनिङ्ग बिल भुक्तानीमा सहजीकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएको उजुरीका आधारमा गत बैशाख ५ गते घुस रकम सहित नियन्त्रणमा लिएको थियो । 

नियन्त्रणमा लिएर अनुसन्धान गर्दा घुस लिएको प्रमाणीत भएको भन्दै आयोगले उनी विरुद्ध शुक्रबार भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

आयोगले प्रभात पालको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुरजन्य कार्य भएको देखिएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो १ लाख २०ह जार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १४:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update