Odapalika - The Fourth Estate - चौथो अंग
बजेट अधिवेशनको पहिलो वैठक नै अवरुद्ध 

काठमाडौँ । संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहकारीको रकम अपचलन गरेको बिषयमा संसदीय छानविन समितिको माग गर्दै संसद अवरुद्ध गरेको छ । 

बैठकको सुरुमै कांग्रेस सांसद गगन थापाले संसदीय छानविन समिति नबनेसम्म बैठक चल्न नसक्ने बताएलगत्तै कांग्रेस सांसदले बैठक अवरुद्ध गरेका हुन् । 

अवरोधका बीच सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउन खोजेका थिए । तर सांसदहरुले राेष्टम घेरेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् । 

आजदेखि संसदको नियमित बजेट अधिवेशन सुरु हुने कार्यक्रम तय भएको थियो । तर प्रमुख प्रतिपक्षको माग पूरा हुननसक्दा वैठक नै बस्न सकेन ।

सभामुख देवराज घिमिरेले दलका नेता र प्रमुख सचेतकहरुसँग वैठक सुरु हुनेगरी वातावरण बनाउन गरिउको प्रयास असफल भएको छ । 

आज बिहान बसेको संसदीय दलको बैठकले प्रतिनिधि सभाको बैठकमा गृहमन्त्रीलाई बोल्न दिएपछि अन्य नेताहरुलाई बोल्न नदिइ संसद अवरोध गर्ने निर्णय गरेको थियो ।  

अधिवेशनको पहिलो बैठकमा दलका नेताहरुलाई मात्र बोल्न दिने र अन्य कुनै व्यवस्थापनसम्बन्धि कार्यसूची नराख्नेबारे दलका प्रमुख सचेतकसँगको छलफलमा सहमति बने पनि कांग्रेस अडानबाट पछि हटेको छैन । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update