Odapalika - The Fourth Estate - चौथो अंग
कोसी सरकार गठन विवादमा भएन अन्तरिम आदेश, ९ गतेवाट पूर्ण सुनुवाइ 

काठमाडौँ । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री नियुक्ति प्रकृया कार्यान्वयन नगर्न माग गर्दै दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । 

न्यायाधीश हरिप्रसाद फुयालको इजलासले मुख्यमन्त्रीमा हिक्मत कुमार कार्कीलाई नियुक्त गर्ने प्देश प्रमुखको निर्णय कार्यान्वयन नगर्न माग गर्दै निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । 

अदालतले विपक्षी बनाइएका कार्की र प्रदेश प्रमुखसँग लिखित जवाफ मागेर ९ जेठमा  पूर्ण सुनुवाइको पेशी तोक्न आदेश दिएको हो । 

 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update