Odapalika - The Fourth Estate - चौथो अंग
३ प्रदेशमा पानी पर्दा यी प्रदेशमा हुनेछ मेघगर्जन, चट्याङ र हावाहुरी 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज देशभर आंशिकदेखि सामान्यसम्म पानी पर्ने सम्भावना रहेको जनाएको छ । 

आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने विभागको भनाइ छ । 

विभागका अनुसार बाँकी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना पनि छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ भने मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानका साथै बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
 

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  ०६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update