Odapalika - The Fourth Estate - चौथो अंग
तपाईंको यात्रा, व्यापार, खानपान र आतिथ्यता कस्तो रहला ? 

आजको पञ्चाङ्ग 

तिथिः चतुर्थी । नक्षत्रः मृगशीरा । करणः वव । चन्द्रराशिः मिथुन  । सूर्योदयः ५ः१९ । सूर्यास्तः १८ः४३ । दिनमानः ३३ः२९ घडी । राहुकालः बिहान ९ः०० देखि १०ः३० सम्म ।

तपाईंको आज 

मेष (चु चे चो ला लि लु ले लो अ)

आवेशमा काम गर्दा समस्या पर्नेछ । दाजुभाइ र मित्रहरु प्नि शत्रु हुनेछन् ।   सोच विचार गरेर काम गर्नुहोला । नसोचेको काम बिग्रनेछ । नोक्सानी बेहोर्नु पर्नेछ  । 

वृष (इ उ ए ओ बा बि बु बे बो)

मान सम्मान र धन प्राप्त हुनेछ । नयाँनयाँ काम गरिनेछ । खुसीको खबर सुन्न पाइनेछ । परिवारको पूर्ण साथ रहनेछ ।   

मिथुन  (का कि कु घ ङ छ के को ह)

मित्रहरुले पूर्ण साथ दिनेछन् । मनमा अनावश्यक सोचाइ आउनेछ । संयमताको आवश्यक देखिन्छ । कार्य सफल हुनेछ । भेटघाटको अवसर जुर्नेछ ।   

कर्कट (हि हु हे हो डा डि डु डे डो)

महत्वपूर्ण काम बिग्रने  देखिन्छ । अनावश्यक विचार आउनेछन् । शरीर आलस्य हुनेछ । धन खर्च हुनेछ । स्वास्थ बिग्रनेछ । 

सिंह (मा मि मु मे मो टा टि टु टे)

आज धन प्राप्तिको योग रहेको छ । आपूmले गरेको काममा सफल हुनुहुनेछ । आफन्त इष्टमित्रको प्रशस्तै सहयोग पाइनेछ । पढाइमा सफलता मिल्नेछ । 

कन्या (टो प पि पु ष ण ठ पे पो)

तपाईंको आज आप्mनो कर्मको सम्मान पाउने योग छ । पाहुनाको स्वागतमा समय खर्चिनु पर्नेछ । आय र व्यय बराबर रहला । स्वास्थ भने कमजोर रहनेछ । 

तुला (र रि रु रे रो ता ति तु ते) 

आजको दिन भाग्यले पूर्ण साथ दिनेछ । बोल्दा वा कामगर्दा जस पाइनेछ ।   स्वस्थ्यमा सुधार हुनेछ । सुखद् यात्रा होला । फाइदा उठाउन सकिनेछ ।

वृश्चिक (तो ना नि नु ने नो या यि यु)

आज तनावमय दिन हुनेछ । कुरा काट्ने र काममा बाधा दिने प्रशस्तै हुनेछन् । सोचेभन्दा बढी खर्च हुनेछ । स्वस्थ्यमा पनि समस्या आउनेछ ।

धनु (ये यो भा भि भु ध फा ढा भे)

धनु राशिका लागि आज सुखप्राप्तिको योग छ । मन असाध्यै चञ्चल हुनेछ । सबैको मन जितेर काम गर्न सकिनेछ । भाग्यको उदय हुनेछ ।

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि)

शत्रु पक्ष सबल हुनेछन् । भाग्यले साथ दिनेछैन । सोचेभन्दा बढी खर्च हुनेछ । मनमा अनावश्यक कुराले डेरा जमाउनेछ ।

कुम्भ (गु गे गो सा सि सु से सो दा)

आजको दिन सुख प्राप्तिको समय रहेको छ । हरेक कुरामा सन्तुष्टि मिल्नेछ । यात्रा सुखमय हुनेछ । अरुको करकरबाट मुक्ति मिल्नेछ ।

मीन (दि दु थ झ ञ दे दो चा  ची) 

आजको दिन मध्यम हुनेछ । परिवारसँगको यात्रा रमाइलो हुनेछ । धन सम्पत्तिको भने खर्च हुनेछ । नयाँ योजना बन्नेछन् । नजिकको यात्रा हुनेछ । 

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  ०६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update