Odapalika - The Fourth Estate - चौथो अंग
व्यासको निर्णयः ११ को कक्षा दिउँसो चलाउनू, भूमिहीनलाई दिएको जग्गा १ गतेदेखि नाप्नू 

तनहुँ । व्यास नगरपालिकाले पालिका भित्र जग्गाको निस्सा पाएका भूमिहीन  र सुकुम्वासीहरुको घर जग्गाको नापाजाँच १ भदौदेखि गर्ने भएको छ । 

नगर कार्यपालिकाको बैठकले यसअघि भूमिहीनलाई वितरण गरिएको जग्गाको निस्साअनुसार जग्गा छुट्याउने प्रयोजनका लागि नापाजाँच गर्ने निर्णय गरेको हो । 

नगरपालिकाले नगरभित्र संचालित ११ कक्षा अध्यापन गराउने विद्यालयलाई दिउँसो अध्ययन अध्यापनको व्यवस्था मिलाउन समेत भनेको छ । नगरपालिकाभित्र ११ का कक्षाहरु दिउँसो चलाउने निर्णय गर्दै विद्यालयहरूमा समेत परिपत्र गरिसकेको छ । 

योसँगै नगरपालिकाभित्र कक्षा ११ र १२ पढाउने सामुदायिक र संस्थागत विद्यालयहरुलाई १० प्रतिशत अनिवार्य छात्रवृत्ति दिन भन्दै एकसाताभित्रमा यसको विवरण उपलव्ध गराउन समेत भनेको छ । 

नगर कार्यपालिका बैठकले लोककल्याणकारी विज्ञापन वितरण सम्वन्धि कार्यविधि, महिलासंग उपप्रमुख कार्यक्रम सहयोग वितरण कार्यविधि, करार कर्मचारीहरूको सेवा सुविधा सम्वन्धि कार्यविधि र अपांगता सहयोग संचालन कार्यविधि पारित गर्दै कार्यान्वयनमा लैजाने निर्णय पनि गरेको छ । 

हेर्नुहोस् यस्ता छन् अन्य १० निर्णय 

byash-nagarpalika1691756916.jpg

 

 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update