Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँसहित यी ४ प्रदेशमा दिनभर पानी पर्ने 

काठमाडौँ । आज बिहानैबाट काठमाडौँसहित देशका विभिन्न ठाउँमा हावाहुरी र चट्याङसहितको वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने कतिपय स्थानमा त भारी वर्षा  नै भइरहेको छ ।

विभागका अनुसार आज दिनभरी जसो नै अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ भने कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा थप वर्षको सम्भावना पनि उत्तिकै छ । 

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा को सम्भावना छ । 

देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनरचट्याङरहावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  ०६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update