Odapalika - The Fourth Estate - चौथो अंग
धनु र कुम्भलाई सुख, कर्कटसहितका यी राशिलाई हुनेछ धनलाभ 

आजको पञ्चाङ्ग 

तिथिः पञ्चमी । नक्षत्रः आद्र्रा । करणः बणिज । चन्द्रराशिः मिथुन । सूर्योदयः ५ः १९ । सूर्यास्तः १८ः४३ । दिनमानः ३३ः ३२ घडी । राहुकालः बेलुका ४ः ३० देखि ०६ः०० बजेसम्म ।

तपाईंको आज

मेष (चु चे चो ला लि लु ले लो अ)

मान सम्मान र धन प्राप्त हुनेछ । नयाँनयाँ काम गरिनेछ । खुसीको खबर सुन्न पाइनेछ ।   

वृष (इ उ ए ओ बा बि बु बे बो)

काम गर्दा समस्या देखा पर्नेछ । आफन्त र मित्रहरु प्नि शत्रु हुनेछन् । सोच विचार गरेर काम गर्नु पर्नेछ । यात्रा गर्नु पर्नेछ ।  

मिथुन (का कि कु घ ङ छ के को ह)

मित्रहरु विभिन्न बाहनामा नजिकिनेछन् । मनमा आवश्यक सोचाइ आउनेछ । सफलताको बाटो तय हुनेछ । कार्य सफलताको प्रशंसाले मन आनन्दित हुनेछ ।   

कर्कट (हि हु हे हो डा डि डु डे डो)

महत्वपूर्ण काम बन्ने  देखिन्छ । मनमा अनावश्यक विचार आउनेछ । शरीरमा स्पूmर्ति आउनेछ । अचानक धन प्राप्त हुनेछ । 

सिंह (मा मि मु मे मो टा टि टु टे)

आज पराक्रमको समय रहेको छ । आपूmले गरेको काममा सफल हुनुहुनेछ । आफन्त इष्टमित्रको प्रसस्तै सहयोग पाइनेछ ।  

कन्या (टो प पि पु ष ण ठ पे पो)

तपाईंको कर्मको सम्मान हुनेछ । पाहुनाको स्वागतमा समय खर्चिनु पर्नेछ । आय र व्यय बराबर रहला । भूमिको कामले आयमा वृद्धि हुनेछ । 

तुला (र रि रु रे रो ता ति तु ते) 

आजको दिन भाग्यले पूर्ण साथ दिनेछ । बोल्दा वा कामगर्दा जस पाइनेछ ।   स्वस्थ्यमा सुधार हुनेछ । सन्ततिको सुखद् समाचार सुन्न पाइनेछ । 

वृश्चिक (तो ना नि नु ने नो या यि यु)

आज तनावमय दिन हुनेछ । कुरा काट्ने र काममा बाधा दिने प्रशस्तै हुनेछन् । सोचेभन्दा बढी खर्च हुनेछ । स्वस्थ्यमा पनि समस्या आउनेछ ।

धनु (ये यो भा भि भु ध फा ढा भे)

धनु राशिका लागि आज सुख प्राप्तिको योग छ । मन असाध्यै चञ्चल हुनेछ । सबैको मन जितेर काम गर्न सकिनेछ । परिवारको दरो साथ रहनेछ ।

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि)

शत्रु पक्ष सबल हुनेछन् । भाग्यले साथ दिनेछैन । सोचेभन्दा बढी खर्च हुनेछ । मनमा अनावश्यक कुराले डेरा जमाउनेछ । स्वस्थमा गढबढी हुनेछ ।

कुम्भ (गु गे गो सा सि सु से सो दा)

भाग्योदयको दिन रहेको छ । सुख प्राप्तिको समय रहेको छ । हरेक कुरामा सन्तुष्टि मिल्नेछ । यात्रा सुखमय हुनेछ । 

मीन (दि दु थ झ ञ दे दो चा ची) 

आजको दिन मध्यम हुनेछ । परिवारसँगको यात्रा रमाइलो हुनेछ । धन सम्पत्तिको भने खर्च हुनेछ । नयाँ योजना बन्नेछन् । भेटघाटको अवसर जुर्नेछ ।

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  ०६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update