Odapalika - The Fourth Estate - चौथो अंग
८० जनाका लागि सीपमुलक तालिम दिदैँ राप्ती नगरपालिका

काठमाडौँ । चितवनको राप्ती नगरपालिकाले ८० जनालाई विभिन्न सीपमुलक तालिम दिने भएको छ । पालिकाले आइतबार एक सूचना जारी गर्दै इच्छुक प्रशिक्षार्थीले ७ दिनभित्र आवेदन दिन आग्रह गरेको छ । 

सूचना अनुसार भरतपुर युवा परिषद्को सहयोगमा राप्ती नगरपालिकाले फेसन डिजाइन, व्युटिपार्लर र इलेक्ट्रिसियनका लागि तालिम सञ्चालन गर्ने उल्लेख छ । 

जसमा फेसन डिजाइन, व्युटिपार्लरका लागि २०/२० जना र इलेक्ट्रिसियनका लागि ४० जनालाई तालिम दिईने उल्लेख छ । 

तीनै तालिमका लागि १८ वर्ष पूराभई ४० वर्ष ननाघेको हुनुपर्नेछ । 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update