Odapalika - The Fourth Estate - चौथो अंग
नगरपालिकाको पैसामा पत्रकारको राइँदाइँ, अध्यक्ष पाेखरेल समेतले लिए २५ लिटर तेल

काठमाडौँ । तुलसीपुर उपमहानगरपालिकावाट पत्रकारका विभिन्न संगठन र जिल्लामा कार्यरत पत्रकारहरुले सवारीमा हाल्ने इन्धनसमेत मागेर चलाउने गरेको पाइएको छ । 

नेपाल पत्रकार महासंघ दाङ लाई उपमहानगरपालिकाले उपलव्ध गराएको विवरण अनुसार उपमहानगरपालिकाबाट विभिन्न मितिमा पत्रकारहरुका संगठन र पत्रकार गरी ३५ जनाले तेल लगेको भेटिएको छ । 

तेल लैजानेमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलदेखि एमाले र माओवादी निकट पत्रकार संगठनहरुसमेत छन् । 

उनीहरुले १ सय लिटर देखि १० लिटरसम्म तेल उपमहानगरपालिकाबाट लगेका छन् । 

पत्रकारहरुले २०७८ सालमा विभिन्न मितिमा गरी १ हजार २१ लिटर तेल लिएको देखिन्छ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले १८ पुस २०७९ मा उपमहानगरवाट २५ लिटर तेल लिएको विवरणमा देखिन्छ ।

अध्यक्ष पोखरेलले वडापालिकासँग आफुले तेल लिएको नलिएको विषयमा वुझ्नुपर्ने बताए । 

सवैभन्दा वढी तेल प्रेस चौतारी नेपालले संस्थागत रुपमा लगेको देखिन्छ भने मेयरका प्रेस संयोजक ओपेन्द्र बस्नेतले दुइपटकसम्म लिएको देखिन्छ 

हेर्नुहोस् कसले कति लिए तेल 

366387900_10229907238240879_1090696080365687422_n1691803613.jpg

366712498_10229907238600888_2331896241386176562_n1691803613.jpg

 

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  ०७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update